राष्ट्रपतिबाट टीका ग्रहण गर्दा झुक्नु स्वभाविक रहेको करिष्माको धारणा

289

काठमाडौं / उच्चपदस्थ व्यक्तिहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्दा घुँडा टेकेको तस्वीर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी शुरु भएको छ।

यसैक्रममा नयाँ शक्ति पार्टीकी नेतृ एवं नायिका करिष्मा मानन्धरले सामाजिक संजालमा एक स्टाटस् लेख्दै राष्ट्रपति आमा समान रहेको जनाउँदै आमाको अगाडि झुक्नु स्वभाविक रहेको धारणा उल्लेख गरेकी छिन् ।

यस्तो छ उनको स्टाटस
राष्ट्रपति ज्यूले टीका लगाइदिँदै गरेको फोटो प्रति विभिन्न टिकाटिप्पणी देखेर केही भनुकी जस्तो लाग्यो। पूर्वाग्रही भयेर लेख्दै छन् ।

(कम्युनिजम,मार्क्सवदलाई एक्छिन साइडमा राखु मदन भण्डारीको विचारलाई पनि एकछिन पर राखौ )

मानिसबाट या समुहबाट भएको हरेक क्रियाकलाप कुनै विचार अनुसार निर्देशित हुन्छ । टिकाको तयारी त्यो अनुसार भएको देखिँदैन । भनेपछि सायद उहाँहरु त्यो आफ्नो कायम बिचारबाट रूपान्तरित भैसकेको अवस्था हो ।

अनि रूपान्तरण मानिस ,समाज, विचर ,सबैको स्वभाव हो ।

तर जे विचार राखे पनि देश र जनताको विचारको सम्मान हुनुपर्यो , देशको विकास हुनुपर्यो ।

मेरो निजि बिचारमा चाँहि रास्ट्रपतिज्यु देशको सर्वोच्च पदमा हुनुहुन्छ । त्यो अर्थमा आमा सरह हुनुहुन्छ र आमाको अगाडि टीका थाप्दा झूक्नु स्वभाविक रुपमा लिए । हो यो समाजवाद अनुसार ठिक भएन होला । तर मुलुकको चासो राख्ने नागरिकको हिसाबले के लाग्छ भने जबसम्म हाम्रो संस्कृति र विकसित बिज्ञानलाई समरुपमा अगाडि लैजान सकिदैन येस्तै स – साना संकिर्ण विचारहरुले येसैगरि हामीलाइ आफ्नो वस मा पारेर त्यस्मा व्यस्त पारिरहनेछ । तर मेरो आग्रह केहो भने पार्टी गत स्वार्थ बाट अलिकति माथी उठौ र सोचौ

अनि जिज्ञासा के भने प्रधानमन्त्रीज्यू यदी आफ्नो पार्टीको नेता भएकै कारण मात्रै एक महिला अनी रास्ट्रपतिज्युको अगाडि टीका थाप्न झूक्नु भयेको हो कि यो हजुरले चलाएको संस्कार सबै महिलाहरुको लागि समान हो । यसले निरंतरता पाउछ कि पाउदैन ?– लोकान्तर बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here