नेकपाको चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्तो

133

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको जनाए।

तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित बगैंचामा हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा केन्द्रीय सदस्य सुधीर साहले जनाए ।

अत्यधिक अतिथि आउने भएकाले खुला ठाउँमा भव्य रूपमा चियापान गर्न लागिएको उनले सञ्चारमाध्यमलाई जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here