जुवा र तास पनि प्रविधि युक्त, करोडपतिबाट एकैछिनमा रोडपति

897

काठमाडौं / मुलुकभर अवैध जुवालाई नियन्त्रण गर्न प्रहरीले दैनिक छापा मार्दै जुवाडेलाई पक्राउ गरिरहेको छ।

नेपालीहरुको दोस्रो महान चाड दीपावली नजिकिदै गर्दा अवैध जुवा अर्थात मिनि क्यासिनो घर–घरमा नै सञ्चालन भइरहेका छन् । सेटिङमा जुवा सञ्चालन गर्नेहरुले पैसावाला वा धनिलाई खोजीखोजी फकाउँदै जुवा खालसम्म पुर्याउने र सेटिङमै कंगाल बनाउने गरिरहेका छन्, त्यसबारेमा जुवाडेहरु भने बेखबर रहेका छन् । त्यसरी सेटिङमा जुवा खेलाएर करोडौं कमाउने उपत्यकामा मात्र दजर्न बढि गिरोह रहेको स्रोतको दावी छयुक्त

रिमोटबाटै कौडाको दाउः

अवैध जुवा खेलाएर करोडौं कमाउँदै आएका अवैध जुवा अखडा सञ्चालकले बजारमा रिमोटबाट चल्ने कौडा पनि ल्याएका छन् । जसको माध्यामबाट एउटै ब्यक्तिलाई लगातार दाउ पार्न सकिन्छ भने अन्य को जित्ने संभावना ९९ प्रतिशत न्यून हुन्छ । जुवा खेलाउनेले प्रायजसो ठाउँ परिवर्तन गरिरहन्छन्, उनीहरुले जुवा फलानो ठाउँमा हुँदैछ भन्दै जुवाडेलाई खेल्न निम्ता दिन्छन् तर उक्त ठाउँमा उनीहरुले पूर्व तयारी गरेर राखेका हुन्छन् । रिमोटबाट कौडाको दाउ आउँछ भन्दा प्रायजसोलाई पत्यारै लाग्दैन तर बास्तममा नै यो संभव छ । र, यस्तो अवैध खेल राजधानीमै हुन थालेको छ ।

‘पछिल्लो समय रिमोटबाट चल्ने म्यागनेटिक कौडाका कारण धेरैको उठिवास भइसकेको छ,’ एक जना जुवाडे नाम नलेख्ने सर्तमा भन्छन्, ‘सेटिङमा जुवा खेलाउनुपूर्व स्थानको छनौट हुन्छ, जुन ठाउँमा जुवा खेलाउने हो, त्यो ठाउँको निश्चित घेरभित्र मुनि म्यानेटिक कौडाका लागि डिभाइस गाडिएको हुन्छ । कौडामा भएको सूचक म्यागनेटिकलाई रिमोटले चलाउनुपर्ने हुन्छ, सेटिङमा जुवा खेल्नेले कौडा हान्नुपूर्व कुनै संकेत गर्छ भने रिमोट समात्नेले पछाडिबाट सेटिङ भएको दाउ अन गरिदिन्छ । त्यसपछि दाउ पर्ने वित्तिकै रिमोटबाट फेरी अफ हुन्छ, यसरी नै प्रक्रिया चलिरहन्छ अनि एउटालाई मात्र दाउ परिरहन्छ ।’

उनले थप जानकारी दिँदै भने,‘सेटिङमा कौडा हान्ने मान्छेले ‘ल है मैले हाने’ भन्दै आफ्नो दाउको नाम लिएर कौडा हान्छ, रिमोट लिएर पछाडि बस्नेले पनि तत्काल रिमोट अन गर्छ, दाउ पर्ने वित्तिकै अफ गरिदिन्छ । कौडा सामान्य नै देखिने हुँदा पत्ता लगाउन निकै गाह्रो हुन्छ । यसरी नै करोडपति छिनमै रोडपति बन्न पुग्छन्, मिनेटमै कौडा खेलेर घर न घाटको हुने अवस्था आउँछ ।’

त्यस प्रकारको सूचना अहिलेसम्म प्रहरीसम्म पुगेका छैनन् । त्यस्ता प्रकारका अवैध खेलबाट सचेत सर्वसाधारण रहनुपर्ने प्रहरीको भनाई छ । महानगरीय प्रहरी परिसर काठमाडौंले त्यस्ता अवैध काम गर्नेको सूचना दिन भएको छ । त्यस्ता ब्यक्तिका बारेमा जानकारी पाएमा कडाभन्दा कडा कारबाही गरिने परिसरका एसपी अशोक सिंहले बताए । उनले समाजमा हुने कुनै पनि अवैध काम वा अपराधलाई रोक्नु समाजमा बस्ने सवै नागरिकको पनि बराबर दायित्व भएको भन्दै प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे ।

तासमा पनि प्रविधिको जडानः

त्यस्ता गिरोहले तास खेलाउँदा पनि सेटिङ खेलाउने गरेका छन् । ठूलाठूला खेल हुने खालमा प्रविधियुक्त तासको प्रयोग गरेर पैसावाललाई हराउने काम हुन्छ । अवैध जुवा सञ्चालकले विभिन्न खालका तास खेलाउने गरेको पाइन्छ । तिमध्ये मिन भरेको तास, ब्लुतुथ तास, एक्से्र तास (जसलाई चश्माले रिड गर्न सक्छ), सफलर (साइला) तास बनाएर बाँड्नेलगायत रहेको बताइन्छ ।

नेपाली बजारमा किन्न नपाइने प्रविधियुक्त तासलाई जुवाडेले विदेशबाट रकम खर्चेर ल्याउने गरेका छन् । जुवाडेलाई ज्ञानको अभाव हुँदा सेटिङमा नै करोडपतिबाट एकैछिनमा रोडपति बनाउनु नै त्यस्तो गिरोहको प्रमुख लक्ष्य हुन्छ । जुवाडेले हार्दै जान्छन्, सेटिङमा जुवा खालमा राखिएको डमी खेलाडीले पैसा जित्दै जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here