दुई महिनाको अवधिमा प्रचण्ड दोस्रो पटक दिल्ली जाँदै

107

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज एक दिने दिल्ली भ्रमणमा जाँदै छन् । उनी इन्डिया फाउन्डेशनले आयोजना गर्न लागेको इन्डिया आइडिया कन्क्लेभमा सहभागी हुन दिल्लीतर्फ जान लागेका हुन् । आज बिहान ९ः३० को फ्लाइटमार्फत प्रचण्ड दिल्लीतर्फ उड्दै छन् । दाहाल शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । गत भदौ २१ देखि २४ सम्म भारत भ्रमण गरेर फर्केका दाहालले त्यहाँ आफूलाई उच्च किसिमको सम्मान भएको जनाएका थिए । भारतीय प्रधानमन्त्री लगायतका भारतीय उच्च अधिकारीसँग भेटेका दाहालको छोटो अवधिको फरकमा हुन लागेको दोस्रो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डलाई पछिल्लो समय भारत निकट नेताको ट्याग लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here