काठमाडौं / कलंकीस्थित हारती खाद्यन्न स्टोरबाट अवैधरूपमा बिक्री वितरण गर्न राखेको बिभिन्न प्रकारका ६० प्याकेट पटका बुधबार दिउँसो महानगरीय प्रहरी वृत्तकालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित विभिन्न पसलबाट करिब १२ हजार रुपैयाँ बराबरको विभिन्नकिसिमका ६ प्याकेट पटाका बुधबार राती प्रहरीले बरामद गरेको छ ।
यस्तै काठमाडौं महानगरपालिका-१२ स्थित बिभिन्न पसलहरुबाट २० प्याकेटपटका बुधबार राती महानगरीय प्रहरी वृत्तकालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ ।


















