काठमाडौं / काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत छुट विशेष पाउनु हुनेछ ।
समय रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागिआइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेष्टुरेन्ट तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल कात्तिक १५ गतेदेखि एक वर्षसम्म लागु हुनेछ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालनगर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जनाउनुभयो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


















