महामारीका कारण भद्रपुरको काली मन्दिरमा जमरा नराखिने

208
काेराेना भाइरस कोभिड–१९ का कारण विगतमा झै यस वर्ष भद्रपुर नगरपालिका–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ ।

मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले धार्मिकस्थल मन्दिर सञ्चालन र भेला हुनसमेत बन्देज गरेकाले जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिए ।

काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दु परम्परानुसार घटस्थापनामा जमरा राखी नवरात्रीभर पूजाआजा गरिँदै आएको थियो । समितिका अध्यक्ष भीम पौडेलले भन्नुभयो “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here