विषय परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर १ दामोदर ढकाल “दीपक ”
गजल १
सकियो बल निरीह भएँ चर्न पाे थाले म
अर्काकाे गुफा अाफ्नै ठानी सर्न पाे थाले म
राजा नै ठाने अाफूलाई सधैं पुछ्दैनन् अहिले
उकालाे हिँडे ठानेछु तर झर्न पाे थाले म
दिनगन्ति पाे थालेछन् गन्न पतन हुनेछु
अातियाे मन मार्ने पाे हुन् कि डर्न पाे थाले म
मानेकै थिए सम्मान थियाे गल्ती नै गरेछु
सपनाभरि वैतर्नी नदि तर्न पाे थाले म
अागाेले पाेल्छ थाहा पाएर चुप नै बस्नुथ्याे
लप्काले मेराे शरीर जल्छ मर्न पाे थाले म ।
गजल २
जंगलमा खर
छाउनु छ घर
जाउ हिँड प्यारी
के मान्छ्याै डर
ढुङ्गा माटाेकाे झै
पराैला नि भर
भेट्ने छाै मिली
खुसी र रहर
प्रेम साथ बस्दा
गाउँ नै सहर ।
दामाेदर ढकाल “दीपक”
अरूण गा .पा. ५,भाेजपुर