सांसद राजेन्द्र महतोले बोलेका कुरा संसदीय रेकर्डबाट हटाउन माग

584

काठमाडौं  /  राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले संसदमा विशेष समय लिएर बोल्दै आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाएका छन् ।

सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो भन्ने विषय स्पष्ट रुपमा नखुलाउँदा सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आपत्ति जनाएका छन् ।

उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए । महतोले भने, ‘कुन राजेन्द्र महतो हो भनेर नेपाल सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा ठेगाना उल्लेख गर्नुपर्थ्यो । राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’ भ्रमको खेती गर्न खोजेको देखियो।’  सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए ।

उनले सरकारले माफी माग्नुपर्ने जनाउँदै भने, ‘सरकार यस्ता विषयहरुमा संवेदशील हुनुपर्छ।’  सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् ।

महतोले असन्तुष्टि जनाउँदै  सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उदाहरण बनाएपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले आपत्ति जनाएका हुन्। खगराजले महतो बोल्दै गर्दा उठेर आपत्ति जनाएका थिए भने पोखरेलले महतो बोलिसकेपछि सभामुख र नेकपा अध्यक्षलाई जोडेमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे।

महतोले कृष्णबहादुर महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भन्ने सूचनामा सभामुख महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भयो भनेर समाचार आयो भने के हुन्छ भनी प्रश्न गरेका थिए। त्यतिमात्रै होइन उनले पुष्पकमल दाहालको नाम लिँदै भन्दै गर्दा नेकपा सांसद अधिकारीले आपत्ति जनाएपछि उनी रोकिएका थिए। नाम मात्रै भनेर अर्को व्यक्तिलाई जोड्नु गलत भएको उनको भनाई थियो।

अर्का सांसद कृष्णभक्त पोखरेलले कसैसँग उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिने कुरा स्वभाविक नभएको र संसदको मर्यादा र सम्मान पनि पर्याप्त नहुने र पुष्पकमल दाहालको नाम लिने कुरा पनि संसदीय अभ्यास र मर्यादाभित्र नपर्ने भन्दै रेकर्डबाट हटाउन माग गरे। अन्तिममा सभामुख महराले यस विषयमा अन्तिममा निर्णय लिने जवाफ दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here