क्यासलेस सेवाका लागि नेपाल मेडीसिटी र अजड् इन्सुरेन्सबीच विशेष सम्झौता

160

ललितपुर / ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पतालमा बिहिबार अजड् इन्सुरेन्स लिमिटेड्संग विशेष सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।

सम्झौता अनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहीत सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् ।

इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

स्वास्थ्य बीमाका माध्ययमबाट नागरिकहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुंचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले जनाउनुभएको छ ।

त्यस्तै, अजड् इन्सुरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्धेश्य राखेकोमा अस्पतालसंगको सहकार्य फलदायी रहने खत्रीले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here