कतार पछि अब यूरोप जाँदै राष्ट्रपति भण्डारी

193
Presedent Bidya Devi Bhandari. Photo: President's Office

काठमाडौं । गत बिहीवार कतारबाट स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । दुई साता लामो राष्ट्रसंघिय २४ औं बार्षिक सम्मेलन आगामी मंसिर १६ देखि पोल्यान्डको काटोइसमा शुरु हुँदैछ ।

सरकारले राष्ट्रपतिको भ्रमणको औपचारिक निर्णय गर्न भने बाँकी छ । त्यस्तो निर्णय हुन बाँकी भएपनि भ्रमणबारे राष्ट्रपतिले चासो लिएसँगै यसबारेको तयारी अघि बढिरहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले सञ्चार माध्यमलाई जानकारी दिए । सम्मेलनमा नेपालले उठाउनुपर्ने एजेन्डा, विगतमा नेपालको सहभागिता, हालसम्म प्राप्त उपलब्धी जस्ता विषयमा राष्ट्रपति कार्यालयले वन तथा वातावरण मन्त्रालयसँग चासो लिएको जनाइएको छ ।नेपाल समाचारपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here