काठमाडौं / प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै डकुमेन्टहरूको अध्ययन गरिरहेका छन् । ओली कम्तीमा एक हप्ता सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने भएका छन् ।
चिकित्सकहरूको सुझाबअनुसार स्वास्थ्य अवस्था सामान्य भइसके पनि ओली तिहार अवधिभर बालुवाटारस्थित सरकारी निवासमै आराम गर्ने भएका हुन् ।
‘तिहारअघि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री निस्किनुहुन्न, आरामका लागि अहिलेलाई सामान्य भेटघाट रोकिएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।
उनले भने, ‘उहाँले केही दिन अफिसियल र अत्यावश्यकीय भेटघाट मात्र गर्नुहुनेछ ।’

















