प्रभु बैंकको नाफा बढ्दो क्रममा

109

काठमाडौं /  प्रभु बैंकको नाफा २४ करोड ९६ हजार रुपैयाँले बढेको छ ।

चालू आर्थिक वर्ष २०७५/७६ को को पहिलो त्रैमासमा बैंकले चालू आवको पहिलो त्रैमाससम्ममा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको हो ।

यस्तो नाफा अघिल्लो आवमा ३४ करोड ८७ लाख रुपैयाँ रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकले लिएको यो अवधिसम्मको सापटी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

यो बैंकले चालू आवको पहिलो त्रैमाससम्ममा १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तो निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ८२ अर्ब ८५ करोड रुपैयाँ मात्रै थियो ।

यो अवधिमा बैंकले गरेको ऋण सापटी ८६ अर्ब १ करोड रुपैयाँ प्रवाह गरेको छ । यस्तो ऋण प्रवाह गत वर्षको सोही अवधिमा ६६ अर्ब ६४ करोड रुपैयाँ मात्रै थियो ।

बैंकको खराब कर्जा अनुपात २.५१ प्रतिशत छ भने सीडी रेसियो ७५.६८ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here