काठमाडौं / अब नेपालका सबै प्रदेशमा दर्ता हुने नयाँ सवारीसाधन प्रदेश सरकारको मातहतमा दर्ता हुने भएको छ । यसअघि दर्ता भई सञ्चालनमा रहेका सवारीसाधनको समेत नम्बर–प्लेट परिवर्तन हुनेछ ।
सरकारले प्रदेश संरचना अनुसार सवारीसाधनको दर्ता गर्ने निर्णय गरेसँगै प्रदेश सरकार मातहतमा सवारीसाधन दर्ता सुरु भएको हो ।
बागमती अञ्चल कार्यालयले मोटरसाइकल दर्ताको ‘लट–नम्बर ९९’ पूरा गरेसँगै तीन अङ्कको ‘लट–नम्बर’ दिन नीतिगत समस्या सिर्जना भएसँगै संविधानको मर्मबमोजिम नयाँ व्यवस्था अनुसार दर्ता हुन सुरु भएको हो ।
कसरी पुराना सवारीसाधनको नम्बर–प्लेट नयाँ ब्यवस्थाअनुरुप बनाउने भन्ने विषयमा सरोकारवाला निकायबीचमा छलफल भइरहेको र यातायात व्यवस्था विभागले त्यसका लागि नयाँ विकल्प पहिल्याएको विभागका महानिर्देशक लावन्यकुमार ढकालले सञ्चार माध्यमलाई जानकारी दिए।
‘अब मोटरसाइकल, कार, जीप, भ्यान वा अन्य कुनै पनि दर्ता भएका सवारीसाधन रिनु गर्न आउँदा उसलाई नयाँ नम्बर दिएर पठाउने व्यवस्था मिलाउँदैछौं ढकालले जनाए ।


















