जाडो महिनामा मौसमी रोगको उपचार

220

नेपालमा जाडोयाम सुरु भइसकेको छ। अहिले शरद ऋतु (अश्विन र कार्तिक) चलिरहेछ र हेमन्त ऋतु (मंसिर र पौष) आउने क्रममा छ। ऋतु परिवर्तनसँगै हुने शीत वायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन सक्छन्। बारम्बार सिगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ। यस सम्स्या हुनबाट बच्न र भइसकेपछि उपचारका लागि नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद र योग निकै नै उपलब्धि मुलुक हुन सक्छ।

आयुर्वेद

विशेष गरि चिसो बढ्ने हेमन्त र शिशिर ऋतुहरुमा रुघा र खोकीबाट बच्न आयुर्वेद, चरक संहितामा बर्णन गरिए अनुसारको ऋतुचर्या अवलम्बन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यस ऋतुमा शरीरसँग शीतवायुको सम्पर्क हुँदा अग्नि शरीर भित्र नै रोकिएर तीक्ष्ण हुन्छ। जसका कारण गुरु मात्रा, गुरु द्रव्य पाचन गर्ने सामर्थ्य मिल्दछ। यस समयमा सात्म्य९हित० रस जस्तै स्निग्ध, अम्ल, लवण रस सेवन गर्नुपर्छ। त्यस्तै सात्म्य आहारहरुमा गोरस, इक्षुविकृति तैल, नयाँ अन्न, उष्ण जल आदिको सेवन गर्नुपर्छ। त्यस्तै सात्म्य विहारहरुमा उत्सादन, शिरमा तेल अभ्यंग, जेन्ताक स्वेद, उष्ण गर्भगृह, उष्ण भूमिगृह, संवृतयान, शयन, आसन आदि गर्नुपर्छ। यस समयमा लघु, वातल आहार र कटु, तिक्त, कषाय रसको सेवन असात्म्य (अहित) हुनजान्छ।

त्यस्तै, रुघाखोकी लागिसके पश्चात् आयुर्वेदमा वर्णन गरिएअनुसारको तुलसीको पात, बेसार, अदुवा, लसुन र महको सेवन विभिन्न किसिमबाट गर्नु फाइदाजनक हुन्छ। आधागिलास पानी उमालेर त्यसमा एक चम्चा कालो मरिचको पाउडर, एक चम्चा बेसार र एक चम्चा मह मिसाएर त्यसलाई केही बेर उमालेर नियमित सेवन गर्न सकिन्छ। पखालेको तुलसी पत्ता कुटेर रस निकाली त्यस रसमा मह मिसाएर चम्चामा तातो बनाएर दिनमा ३/४ पटक सेवन गर्न सकिन्छ।

एक गिलास तातो पानीमा मह र कागतीको रस मिसाएर दिनमा २/३ पटक पिउदा खोकी निको हुन सक्छ। अदुवालाई सानो–सानो टुक्रा बनाएर एक गिलास पानीमा हालेर उमाल्ने र त्यो रस दिनमा ३/४ पटक पिउदा रुघाखोकीमा फाइदाजनक हुन्छ। त्यस्तै लसुनको २/३वटा पोटी पिसेर,महमा मिसाएर थोरै थोरै सेवन गर्न सकिन्छ। एक चम्चा महमा आधा चम्चा प्याजको रस मिसाएर दिनमा दुर्इपटक सेवन गर्दा रुघाखोकीमा लाभदायक हुनसक्छ।

योग

विभिन्न अनुसन्धानका अनुसार, रुघा खोकीका बिरामीहरु जसले नियमित योग अभ्यास गर्छन्। उनीहरुको स्वास्थ्य र जीवनमा गुणस्तरीय सुधार आएको देखिन्छ। योगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई स्वस्थ र मजबूत बनाउनमा मद्दत गर्दछ। डाक्टरको परामर्श र योग विशेषज्ञको निगरानीमा योग अभ्यास गर्नु उपलब्धिमुलक रहन्छ।निम्न योग आसनहरु आफूलाई सहज हुने किसिमले आफ्नै गतिमा गर्दा रुघा खोकी संग जुध्न सकिन्छ।

१) नाडीशोधन प्राणायाम

२) अनुलोमविलोम

३) मतस्यासन

४) कपालभाति

५) शवासन

६) हस्तपदासन आदि।

(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी गरिररहेका छन्।) स्वास्थ्य खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here