नाम र राजधानी तोक्न प्रदेश ३ मा ठूलो विवाद

196

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाले छठ सकिएलगत्तै प्रदेश १, ३ र ५ को नाम राख्ने तयारी गरेको छ । पार्टीका प्रदेश सभा सदस्यहरूबीच सहमति हुन नसक्दा प्रदेश १, ३ र ५ को नाम र राजधानी तोक्न सकिएको छैन ।

प्रदेश २ मा नेकपा ठूलो पार्टी भए पनि सांसद भने कम छन् । सोही कारण नेकपाले छठ सकिएलगत्तै प्रदेश १, ३ र ५ को नाम राख्ने तयारी गरेको छ ।सबैभन्दा ठूलो विवाद प्रदेश ३ मा रहेको छ । केन्द्रको राजधानीसमेत यसै प्रदेशमा रहेकाले सबैले प्रदेश ३ को नाम र राजधानीलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

नेकपा स्रोतका अनुसार प्रदेश ३ को नाम ‘बागमती’ र राजधानी ‘काभ्रे’ राख्ने विषयमा शीर्ष नेताहरू सहमत भइसकेका छन् । तर यस विषयमा प्रदेश ३ का मुख्यमन्त्री पौडेलको भने तीव्र असहमति रहेको बुझिएको छ । उनी प्रदेशको नाम ‘बागमती’ राख्न सहमत भए पनि राजधानी चाहिँ हेटौडा नै हुनुपर्ने अडानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here