बर्षा र आकाश अभिनित ‘दिल तोडेर गयौ’ (भिडियो)

266

जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ । मान्छेको जिन्दगीमा सुख भन्दा दुख धेरै आउने भएर नै होला , मान्छे दुखलाई बारम्बार सम्झिरहन्छ। भन्ने हो भने भेट्नु र छुट्नु जिवनको रित हो तर बिछोडको पिडाको भुल्न नसेकेर नै होला मान्छेले गीत, कविता, कथाका माध्यम बाट आफ्ना मनका भावना पोखिरहेका हुन्छ्न।

डिजिटल बजारमा केही दिन अघि सेन्टिमेन्टल भर्सनको ‘दिल तोडेर गयौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ । संगीत नारायण सुवेदी ‘आभास’ को रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन।

प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई बर्षाको श्रीमानका रूपमा देखाइएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन। निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here