छठ पर्वको अवसरमा राष्ट्रपतिद्वारा प्रेस विज्ञप्ती जारी

212
Presedent Bidya Devi Bhandari. Photo: President's Office

काठमाडौं / राष्ट्रपति विद्यादेवि भण्डारीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेकी छन् ।

प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘सूर्य देवता र छठी माताको पूजा आराधना गरि हर्षोल्लासपूर्वक मनाइने यस छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here