शुक्लाफांटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सचेतनामुलक कक्षा संचालन

284

काठमाडाैं – श्री देवीदल गणले मिति २०७७र०९र२९ गते निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई Why Nepali Army, Join Nepali Army, प्रकृति संरक्षण तथा पर्यावरण संरक्षण सम्बन्धी विविध विषयहरुमा सचेतनामुलक कक्षा संचालन गरेको छ ।

शुक्लाफांटा उपभोक्ता समितिको सभा हलमा संचालन भएको उक्त कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, CBAPu का अध्यक्ष तथा सदस्यहरु, सामाजिक विकास सेवा केन्द्र नेपालका सचिव, जनसरोकार युवा मञ्चका अध्यक्ष, BZMC कार्यालयका अधिकृत, आदिवासी महिला समुहका सदस्यहरु तथा स्थानिय बासिन्दाहरु सहित ३५ जनाको सहभागीता रहेको व्यहोरा जानकारी गराईन्छ ।

यस प्रकारका सचेतनामूलक कार्यक्रमहरुले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरु तथा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरुबिच आपसी विश्वास एवं सम्बन्ध बलियो भई निकुञ्जभित्र चोरी निकासीमा कमी आउने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here