काठमाडौंका डीएसपी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

76

काठमाडौं / महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंका डीएसपी श्यामकुमार राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिइएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डिएसपी राई विरुद्ध अख्तियारले बिगो एक लाख चालीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

डीएसपी राईले सेवाग्राहीबाट एक लाख चालीस हजार घुस बापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

सेवाग्राहीसँग सोनी टीभी खरिद गरी ल्याईदिनु भनी जिन्सी सामानको रूपमा घुस माग गरेको र टिभी आफैँले खरिद गरी ल्याउने र सो खरिद गरे बापतको बिलको भुक्तानी दिनका लागि सेवाग्राहीलाई पटक -पटक फोन गरी घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले डीएसपी राईलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here