पहाड गायब हुँदा सर्वाेच्चको चासो

195

छिमेकी मुलुक भारतको राजस्थानस्थित अरावली क्षेत्रमा रहेका ३१ वटा पहाड हराएका छन् । पहाड हराएकोमा त्यहाँको सर्वोच्च अदालतले आश्चर्य व्यक्त गरेको छ । केन्द्रीय सरकारबाट अधिकार प्राप्त समितिबाट पेश गरिएको १२८ नमूनाको अध्ययनबाट ३१ पहाड हराएको ठहर गरेको हो । अदालतले राज्य सरकारले पेश गरेको रिपोर्टको अध्ययन गर्दै ११५ हेक्टर क्षेत्रभन्दा बढी क्षेत्रमा गैर कानुनी उत्खननका कारण पहाड नै हराएको उल्लेख छ । यस्तै अदालतले यस विषयमा सरकारलाई उत्तर दिन आदेश दिएको छ । उत्खननबाट दिल्लीलगायत अरु राज्यमा वातावरण प्रदुषण बढ्नुको कारण ती पहाडहरू हराउनु मुख्य कारण हुनसक्ने अदालतको तर्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here