काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक Ms. Velerie Julliand बीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानसेनापति महारथी थापा र संयोजक Ms. Velerie Julliand ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र राष्ट्रसंघको आवासीय संयोजक Ms. Julliandबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।


















