काठमाडौं / महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालीका ३२ जडिबुटी ढुङगेधाराबाट रिभल्भर सहित २ जनालाई पक्राउ गरीएको छ ।
जिल्ला सर्लाही लालबन्दी नगरपालीका ३ घर भई बस्ने वर्ष २७ भुवन परियार र सोही स्थान बस्ने वर्ष २७ को मनपरन चौधरी सवार ज ११ प ४८६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजहरूको साथबाट लागुऔषध नाईट्रभेट ५६ फाईल र होम मेड रिभल्वर १ थान मोबाईल २ थान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।


















