भिडियो खिचेर धम्क्याउँदै बारम्बार बलात्कार

215

काठमाडौं / जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक

हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई पक्राउ गरिएको छ ।

प्रहरी परिसर ललितपुरले पाख्रिनलाई कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् ।

उजुरीको १९ दिनपछि सोमबार युवती आफ्ना आफन्तसहित प्रहरी कार्यालय पुगेर बयान दिएकी छिन् । युवतीको बयानअनुसार जबर्जस्ती करणीको भिडियो बनाएर सोही भिडियो देखाउँदै पटक–पटक इच्छाविपरीत करणी गर्दै आइरहेकाले बाध्य भएर उजुरी दिन पुगेको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here