प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको कार्यप्रगति समीक्षा सुरु

112

 काठमाडौं / सिंहरदवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु  भएको छ ।प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु गरेका छन् ।

बुधबार दिउँसो सुरु भएको समीक्षा अन्तर्गत पहिलो चरणमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको समीक्षा भइरहेको छ । सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । त्यो कार्ययोजनाअनुसार के–के काम भयो या भएन, कसरी भयो भन्ने बारे समीक्षा हुनेछ ।

प्रधानमन्त्री केपी अ‍ोलीले  समीक्षा पछि मन्त्रालयका कामलाई ‘रेटिङ’ गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here