काठमाडौं । नेपालले विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने भएको छ ।
शुक्रबार सार्वजनीक तालिका अनुसार नेपालले यूएईसँग पहिलो अवे म्याच खेल्ने भएको हो । दुबईमा हुने खेल कात्तिक ३० गते खेल्नेछ ।
नेपालले दोस्रो चरणको दोस्रो खेल यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ ।
यस्तै, २०२४ को मार्च २१ मा नेपालले बहराईनसँग दशरथ रंगशालामा र मार्च २६ मा बहराईनसँग अवे म्याच खेल्नेछ ।
यस्तै, नेपालले यूएईसँगको होम म्याच भने जुन ६ मा दशरथ रंगशालामा र यमनसँगको अवे म्याच जुन ११ मा खेल्नेछ ।
दोस्रो चरणमा नेपाल रहेको समूहमा यूएई, यमन र बहराईन छन् ।
नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई समग्रमा २–१ को गोल अन्तरमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।
नेपालले घरेलु मैदान दशरथ रंगशालामा १–१ गोलको बराबरी खेलेको थियो भने लाओससँग अवे म्याचमा १–० को जित हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

















