सुमित दास रञ्जित
दशैं र चङ्गा
बर्खालाई बिदा गर्दै मनसुन टाढिएको आकाश छ्याङ्ग उम्रिएको र शरद ऋतुले छपक्कै छोपेको गर्मीमा सिरसिर चलेको मन्द चिसो हावाले शीतलतालाई स्वागत गर्दै महान् चाड दशैं दैलोमै सम्मिलनका बिच विशिष्ट नाता जोडिएको एउटा सांस्कृतिक पहिचान हो चङ्गा ।
चङ्गाको अर्थ धागो छाडेर हावामा उडाउने कागज वा प्लाष्टिकको खेलौनामा मात्रै सिमित नभई चङ्गाले तन्दुरुस्त, फुर्तिलो र स्वच्छतालाई प्रतिविम्बित गर्नुका साथै चङ्गा उडाउँदा मनमष्टिक पनि चङ्गासरी उडेको आभास मिल्नेगर्दछ । चङ्गा आकाशमा नाचिरहँदा आफू पनि सँगै उडिरहेको महसुस हुन्छ, चङ्गाबाजहरुलाई अझ चङ्गा जतिजति आकासिंदै जान्छ, त्यसबाट मिल्ने सन्तुष्टिको उचाई, पनि बढ्दै जान्छ । शरद ऋतु लागेपछि हावा बहाव चङ्गा उडाउनको निम्ति सर्वाधिक उत्तम मानिन्छ ।
खुल्लामञ्च, काठमाडौंमा चङ्गा उड़ान कार्यक्रम भएको अनुभव निकै गजब रह्यो । चङ्गाबिनाको दशैं निराशजनक हुन्छ । “मेरो निम्ति चङ्गा जिवनको एउटा आदत बनिसक्यो ।”
नेपालमा मल्लकालीन समयमा चङ्गा भित्रिएको छ । उत्तरी छिमेकी तिब्बतसँग त्यतिबेला नेपालको व्यापारिक सम्बन्ध थियो । तिब्बत पुग्ने व्यापारीले चङ्गालाई नेपाल भित्राइएको आंकलन गरिएको छ । चङ्गा आफैमा मनोरञ्जन साधन त हो नै, चङ्गासँग नेपाली समाजको विशिष्टम् सांस्कृतिक पहिचानसमेत जाडिएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा मनाएपछि काठमाडौंबासी दशैंको माहोलमा झुम्मिन थाल्छन् । इन्द्रजात्रा देखिनै काठमाडौंमा चङ्गा किनबेचको चहलपहल बढ्न थाल्छ । यस अर्थमा चङ्गा दशैंको पूर्वसंकेत पनि हो । खेतबारीमा बालीनाली लगाइसकेपछि वर्षातको आवश्यकता कम हुँदै जान्छ । अनि दशैं नजिकिँदै जाँदा “अब पानी नपारिदिनु” भन्ने सन्देश स्वर्गका राजा इन्द्रसम्म पुर्याउन चङ्गा उडाइएको लोकश्रुति रहँदै आएको छ । म स्वयम् चङ्गापारखी भएकोले मेरो स्मरणमा खेतबारीमा पानीको आवश्यकता पूरा नहुँदै चङ्गा उडाउन समाजले बर्जित गरेको थियो । पानीको खाँचो नटर्दै चङ्गा उडाउँदा बाआमा र छिमेकीको गाली खाने मात्र होइन । उस्तैपरे पुलिसले समाएर सजायसमेत दिन्थ्यो । यस कोणबाट हेर्दा नेपालको चङ्गा संस्कृतिले हाम्रो कृषिकर्मसँग पनि गहिरो सामीप्य राख्छ ।
घट्दैछ चङ्गाको रौनक
साँस्कृतिक दृष्टिकोणले पनि नेपाली परिवेशमा चङ्गाको पृथक पहिचान स्थापित हुँदाहुँदै पनि चङ्गा उडाउने प्रचलन घट्दै गएको महसुस गर्न थालिएको छ । मोबाइल, टेक्नोलॉजीको विकाससँगै घटेको चङ्गा उडान, अब सफटवयर, एप्सको अप्डेत चाहेको जस्तै साँस्कृतिक र पहिचान बोकेको चङ्गा उडानलाई पनि त्यसरीनै सँगसँगै लग्नुपर्दछ ।
प्रवर्धनको खाँचो
चीन, अमेरिका, फ्रान्स, इन्डोनेसिया, अस्ट्रेलिया, थाइल्यान्ड, भारतलगायतका मुलुकमा हरेक वर्ष अन्तराष्ट्रियस्तरका चङ्गा महोत्सव आयोजना गरिन्छन् । ती मुलुकमा “काइट कल्चरू को संरक्षणसँगै पर्यटन प्रवर्धनका निम्ति त्यस्ता महोत्सव आयोजना हुने गरेका छन् । ८ जनवरी, २०२३ मा भारतको गुजरातको अहमदावादमा आयोजित “ इन्टरनेसनल जी ( २० चङ्गा महोत्सवमा ७५ मुलुकका सहभागीले एकैसाथ चङ्गा उडाएका थिए ।
त्यस्तै वि.सं. २०८० असोज २८ गतेका दिन खुल्लामञ्च काठमाडौंमा भएको चङ्गा उडान कार्यक्रममा १०७ जना सहभागी भै कार्यक्रम सम्पन्न भएको थियो ।


















