गृहमन्त्री थापालाई भेट्न पुगेका व्यक्तिले गृह मन्त्रालयमै विष सेवन

218

 काठमाडौं / गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका पूर्वलडाकुहरूको एक सामूहिक टोली बुधबार गृहमन्त्रालय पुगेका थिए । एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

३५ वर्षीय कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै साँझ विष सेवन गरेका हुन् । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका भट्टरार्ईलाई तत्कालै सुरक्षाकर्मीले वीर अस्पताल पु(याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here