काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरूको कार्यप्रगति असोजदेखि मोबाइल एप मार्फत सिधैं निगरानी गर्दै आएका छन्। मन्त्रालयहरूले साइटमा राखेको कार्यप्रगति प्रधानमन्त्रीले एप मार्फत निरीक्षण गर्न थालेका गर्नेछन्। प्रधानमन्त्रीले मन्त्रालयको मूल्यांकन पनि एपबाटै नै गर्नेछन्। प्रधानमन्त्रीले मोबाइल एपबाटै मन्त्रालयको काम निगरानी गर्न थालेका हुन्।
सरकारको नौं महिने कार्यकालमा जनतामा असन्तुष्टि बढेसँगै बुधबारदेखि सुरु भएको चालू आर्थिक वर्षको तीन दिने बजेट समीक्षा बैठक सुरु भएलगत्तै ओलीले पहिलो चरणमा आधा दर्जन मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई डाकेर मन्त्रालयको प्रगति विवरण माग गरेका छन्। मन्त्री तथा सचिवलाई ‘देखिने गरी’ काम गर्न निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्रीले विकासका काममा भएका ढिलाईप्रति सचिवहरूसँग जवाफ माग्दै ‘मन्त्रालयको एक टेबलबाट अर्को टेबलमा फाइल पुग्न किन ढिलो हुन्छ ?’ उनले प्रश्न राखेका थिए। ऐन, नियमले काममा अवरोध आएको भए कहाँ कुन ऐनले अप्ठ्यारो पारेको हो त्यसको जानकारी उनले मागेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले निरीक्षण गरेकाले सचिवसँग प्रश्न राखेको प्रष्ट पारे। सचिवहरूसँगको समीक्षा बैठकमा प्रधानमन्त्रीले उठाएको प्रश्न बारे उनले भने, ‘एपमा मन्त्रालयका कार्य मूल्यांकन हेरेर ‘निलो’ पाउनुपर्नेमा ‘रातो’ किन भयो भनी प्रश्न राख्नुभयो।’


















