काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ।
विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विद्यार्थीले परीक्षासँग सम्बन्धित विविध जानकारी त्रिविले उपलब्ध गराएको परीक्षा नियन्त्रण कार्यालयको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट जानकारी लिन सक्नेछन् ।



















