दक्षिण कोरिया जाने नेपालीलाई प्रिपेड सिमकार्ड वितरणमा ठगी

35

काठमाडाैं । दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

ललिपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो ।

सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भए पनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ ।

सिमकार्ड निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताउनु भयो ।

उहाँले अवैधरुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि तत्काल यो काम रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताउनु भयो ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यालय परिसर वरपर बिमा, फोटोकपी, प्रिन्टिङ्गलगायतका काममा पनि बजार मूल्य भन्दा चर्को शुल्क लिइ ठगी गर्ने गरेको पनि बताउनु भयो।

उहाँले यस्ता ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here