थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा

48

धनगढी ।  टीकापुर घटनामा जन्मकैद सजाय पाएका थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन्।

मंगलबार सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीको फैसलाअनुसार जन्मकैद सजाय सदर गरेकोमा बुधबार विज्ञप्ति जारी गर्दै रेशमले आफ्नो प्रतिक्रिया दिएका हुन्। उनले सर्वोच्चको फैसलापछि पनि न्यायलयप्रति भरोसा रहेको र न्यायिक पर्खाइमा रहेको बताएका छन्।

टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सञ्जालमा जथाभावी नलेख्न तथा पोस्ट नगर्न चौधरीले आफ्ना समर्थकलाई आग्रह गरेका छन्।

‘सम्मानित सर्वोच अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुल्ला छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं। साथै, सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ। त्यसैले सबैलाई सम्मनित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दछु।’

नेता रेशमले आफू डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको बताएका छन्।  ‘स्वस्थ छु। रतिभर मन विचलित छैन। पुस्तक लेखीरहेको छु। केही दिनमा ‘धरातल’ नामक पुस्तकको साथ तपाईंसमक्ष आउने छु,’ चौधरीले विज्ञप्तिमार्फत् भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here