काठमाडौं / प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकार यो नौ महिनाको अवधिमा असफल भएको जिकिर गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको जनाउँदै सरकारको नौ महिनामा मुख्य नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको जनाए ।
संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफलतातर्फको बाटोमा जान नसकेको जनाए ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ रु छ भने कहाँ छ” भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ । यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको जानकारी दिएका छन् ।
क) लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ।
ख) राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना ।
ग) संघियताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ?
घ) सुसासनः नमच्चीने पिङको सय झड्का ।
ङ) बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज ।
च) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या ।
छ) न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण ।
झ) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य ।
ञ) समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द ।


















