महिला पत्रकारहरुमाझ नेतृ मोतीदेवीको चर्चा

238

काठमाडौं / आफ्नो सम्पूर्ण जीवन राजनीतिमै समर्पित गरेका महिलाहरुको संघर्षपूर्ण जीवन र भोगाई वर्तमान समाजमा अध्ययनको विषय बन्न सक्ने र त्यसबाट शिक्षा लिन सकिने देखिन्छ । पञ्चायतकालको दलबिहिन राजनीतिक शासन प्रणालीमा दलीय राजनीतिक जीवन वास्तवमै चुनौतीपूर्ण थियो ।

राजनीतिमा लाग्ने महिलाहरुका बारेमा अध्ययन अनुसन्धान गर्दै अहिलेका महिलामा हौसला बढाउन साथै अग्रज महिलाहरुलाई उनीहरुले गरेको योगदानको कदर गर्ने उद्वेश्यले क्रियाशील पत्रकार महिला,Working Women Journalist(WWJ) ले यो साताको आइतबार पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।

मोतीदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा राजनीतिक महिला नेताको सम्झनार्थ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य मोतीदेवी श्रेष्ठ (दुर्गादेवी)को ‘मोतीदेवीको योगदानको अध्ययन’ विषयमा छलफल केन्द्रीत रहेको थियो ।

कार्यक्रममा मोतीदेवी स्मृति प्रतिष्ठानका अध्यक्ष रहनु भएकी नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य मोतीदेवीको योगदानकाबारेमा चर्चा गर्नुभएको थियो । साथै मोतीदेवी स्मृति केन्द्रद्घारा स्थापना गरिएको मोतीदेवी जेष्ठ नागरिक आवास गृहको स्थापनाको उदेश्य हरेक त्यस्ता अग्रज व्यक्तित्वहरुको पहिचान संरक्षणका लागि गरिएको उहाँले जनाउनुभयो ।Image may contain: 4 people, people sitting and indoor

Image may contain: 5 people, people sitting

निरकुंश राणा शासनकाल विरुद्धको आन्दोलनका क्रममा राजनीतिमा लागेकी मोतीदेवी श्रेष्ठ निरन्तर कम्युनिष्ट सिद्धान्तको प्रचार÷प्रसार गरी लामो कष्टकर जीवन व्यतित गर्नुभएको बारे शाक्यले चर्चा गर्नुभएको थियो । राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने महिलाहरुको इतिहास हराउँदै गएको अवस्थामा ओझेलमा परेका तर राजनीतिमा लागेर आफ्नो जीवन यसै क्षेत्रमा व्यतित गर्नुभएका राजनीतिक महिलाहरुको खोजी अनुसन्धान अझै जारी रहेको शाक्यले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी सबै पत्रकारलाई योगा प्रशिक्षण गरिएको थियो ।Image may contain: 1 person

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here