काठमाडौं / नेपालले १३ औँ सागमा प्राप्त गरेको सफलताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले सहभागी खेलाडी र आयोजकहरुलाई बधाई दिएका छन्।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति हार्दिक शुभकामना पनि दिएका छन्।
उनले १३ औँ सागमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा अत्यन्त खुशी लागेको उल्लेख गर्दै यो उपलव्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिएका छन्।
‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलव्धि हासिल भईरहोस् भन्ने भेरो कामना रहेको छ,’ उनले भनेका छन्।
उनले १३ औँ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्तसमेत गरेका छन्।


















