चितवनमा विदेशी चरा

231

चितवन, पर्यटकीय क्षेत्र चितवनमा जाडो छल्न विभिन्न देशबाट चराहरु आएका छन् । हरेक वर्ष जस्तै यो वर्ष पनि रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् ।

पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा चितवनमा आएका छन् । सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको चराविद्हरु बताउँछन् ।

लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चाराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महीनादेखी नै आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here