कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को गोली हानी हत्या भएको छ । चौधरी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार उठेका थिए ।
उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्याउँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिएका छन् ।
त्यस्तै शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको पनि रावलले जानकारी दिएका छन्।


















