प्रमकाे अभिव्यक्तिप्रति दिल्लीमा चासो

91

नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने ।

भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकताका प्रकाशन गरेका थिए । ओलीको अभिव्यक्तिलाई प्रायस् सबैजसो मिडियाले सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्किँदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अथ्र्याएका छन् ।कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here