ऊँ माता मनकामना जेन्नी ट्रष्टद्वारा भाइरल सरिता बाजेको निधनप्रति दुखः व्यक्त

95

काठमाडौं ।  ऊँ माता मनकामना जेनि ट्रष्टले भाइरल  ‘सरिता बाजे’ को आसामायिक निधन भएकोप्रति शोक सन्तप्त परिवारजनप्रति दुखः व्यक्त गरेका छन् ।

ऊँ माता मनकामना जेनि ट्रष्टका अध्यक्ष जेन्नी श्रेष्ठले दुईदिने मानवको चोलामा भगवान्को र  मानव सेवामा समर्पित गर्नु पर्ने जोड दिदै आर्थिक अवस्था न्यून भएका ‘सरिता बाजे’ को आसामायिक निधनले सिंगो गाउँ मात्र नभई अहिले नेपाली सांगितिक क्षेत्रमा समेत गहिरो असर परेको जनाए ।

आज भन्दा एक बर्ष अगाडि ‘सरिता बाजे’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर उनकाे जीवनस्तर उकास्न दुहुना गाई सहयाेग गरेकाे स्मरण गर्दै ‘सरिता बाजे’  जस्ता अत्यन्त प्रतिभावान कलाकारकाे राष्ट्रले सहि मूल्याङकन नहुनु खेदजनक भएको जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here