साताकाे पहिलाे दिन सेयरबजारमा सकारात्मक

46

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजार बढेर फेरि २७ सय विन्दुनजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको हो। योसँगै कारोबारमा समेत उत्साह देखिएको छ। पहिलो दिन नै ९ अर्ब नाघेको छ। २ करोड कित्ता सेयर बिक्री हुँदा ९ अर्ब ४७ करोड रुपैयाँको किनबेच भएको हो।

नेप्सेका अनुसार आइतबार १७६ वटा सेयरको मूल्य बढ्दा ६३ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बढेको दिन चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। अर्थात् आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सका सेयरधनीले १० प्रतिशत आम्दानी गरे।

लगानीकर्ताले क्रमशः २७०.५०, २३८.१०, ७३.६० र ५२.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन्। गार्डियन माइक्रो लाइफको सेयर पनि आज ९.९९ प्रतिशतले बढेको छ। तर आज ङादी पावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाउनुपरेको छ। यसबाहेक एनएलजी इन्स्योरेन्स, वाराही हाइड्रोपावरलगायतको सेयरमा गिरावट आएको छ। कारोबारतर्फ एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड, सीईडीबी होल्डिङको ३१ करोड, हिमालयन पावर पार्टनरको ३० करोड, ङादीको २२ करोड र सप्तकोशी डेभलपमेन्टको १८ करोडको सेयर किनबेच भएको छ।

पहिलो कारोबार दिन म्युचुअल फन्ड र निर्जीवन बीमा सूचक राताम्य रहे पनि बाँकीमा हरियाली छाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here