सरकारी निर्णयप्रति भीम रावलको आपत्ति

65

काठमाडौं- भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारूढ दल नेकपा नेता भीम रावलले आपत्ति जनाएका छन्। उनले सर्वभौम सरकारी अधिकारी प्रयोग गर्न सरकार चुकेको आरोप लगाएका छन्।

शनिबार बसेको नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारको कदमप्रति आपत्ति जनाएका हुन्। विश्‍व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चितम पदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण गराए। ‘आयातित सामग्री कस्तो छ भनेर चेक गर्छुभन्दा नगर्ने भन्ने अनि कसैले नगर भन्दैमा निर्णय फिर्ता लिनेु रावलले भने ‘यो सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नु पर्छ।’

आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रति कर्तव्य निर्वाहामा विमुख देखिएको रावलको दाबी छ। भारतले पनि अन्य देशबाट मात्रै नभई नेपालबाट जाने चिया रोकेर चेकजाँचको लागि नमूना कलकोत्ता पठाएको विषयमा पनि रावलले ध्यानकर्षण गराए।

भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको हो ।

सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here