काठमाडौं / शनिबार नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘विशाल जनसभा’ कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममार्फत् पार्टीले आफ्नो शक्ति प्रर्दशन गरेको छ। सरकारको विषयमा आफ्नो आधिकारिक धारणा समेत प्रस्तुत गरेको छ।
सरकारले दोहोरो रणनीति अवलम्बल गरेर आफूहरुमाथि षड्यन्त्र गर्न खोजेको नेपाल कम्युनस्ट पार्टीका नेताहरुले आरोप लगाएका छन्। सरकारले वार्ता गरौं पनि भन्ने आफ्ना नेता/कर्यकर्ता पक्राउ गरेको उनीहरूको गुनासो गरेका थिए ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारबारे पार्टीको धारणा र क्रान्तिको अपरिहार्यताबारे प्रष्ट्याए।
सरकारले आफूहरूमाथि दमन गरेको समेत प्रवक्ता प्रकाण्डले कार्यक्रममा जनाए। ‘दलालको इसारामा ओली सरकारले हाम्रो पार्टीलाई दमन गर्यो, सरकारले हाम्रो पार्टीलाई अघोषित प्रतिवन्ध गरेको छ।’ उनले भने, ‘हाम्रा पार्टीका विरुद्ध सरकारले धेरै ठूलो षड्यन्त्र गर्यो तर जनता र पार्टीका अगाडी सरकार असफल भयो।’
पार्टीका सबै मन्त्रीहरू भ्रष्टाचारमा लागेको समेत प्रकाण्डले दाबी गरेका छन्। ‘हामीले सात साल यता सङ्घर्ष गर्दै आयौं त्यो आन्दोलनको लक्ष्य राज्यको स्वाधिनता र जनताले राज्य संञ्चालन गर्ने अधिकार थियो’ उनले भने,’हामीले पनि आन्दोलन गर्यौं तर हाम्रो क्रान्ति बीचमा असफल भयो, नेपाली जनता सत्तामा पुगेन, बीचमा दलाल पुँजिपति वर्ग आएर अहिले त्यही वर्गले आन्दोलनको दुरुपयोग गरिरहेको छ, सत्तासिन छ।’
सामाजिक असुरक्षा बढेको र सरकार त्यसमा उदासिन बनेको आरोप पनि उनले लगाए । निर्मला बलात्कार र हत्या प्रकरणमा सरकारका मन्त्रीहरुकै नातेदारको संगलन्न रहेको आंशका गदै विश्वकर्माले अब निर्मलाको बलत्कार र हत्या प्रकरणको आफनै पार्टीले अनुसन्धान गर्ने र दोषी पत्ता लगाएर कारबाही गर्ने जनाए ।
‘हामी अब आफैँ अपराधीको अनुसन्धान गछौं र निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाएर कारबाही गछौं,’ विश्वकर्माले भने, ‘हामी देशव्यापी रुपमा विरोध प्रर्दशन राखेका छौं । यसको कडा विरोध गछौं ।’उनले अहिलेको सरकारले खिर्राेको बोटमा स्याउ फल्दैछ भनेर जनतालाई भ्रमित बनाइरहेको आरोप लगाए।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष गोपाल किँरातीले पनि आफ्नो धरणा प्रस्तुत गर्दै उनले प्रचण्डलार्इ डाँकाको शंज्ञासमेत दिएका थिए । प्रचण्डले क्रान्तिको नाममा जनतासँग डाँकाले जस्तो व्यवहार गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेलले भने- ‘जनताका आवाज उठाउँदै न्यायका लागि आवाज उठाइरहेका शक्तिलार्इ यस सरकारले जेलमा कोचीरहेको छ’ । कट्टेलले भने-‘यो पुनर्गठनको प्रकृयाले सबैको मनोभाव बढाएको छ।’


















