प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश अभ्यासवर्ग सम्पन्न (फोटो फिचर)

241

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद प्रदेश नं ३ को प्रदेश अभ्यासवर्ग सम्पन्न भएको छ ।

नेपालको सबै ७७ वटै जिल्लामा महत्वपूर्ण प्रशिक्षण कार्यक्रम समापन गरेसँगै प्रदेश संरचनालाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने यात्रालाई अगाडी बढाउँदै प्रदेश अभ्यासवर्गको आयोजना गरिएको हो ।

Image may contain: 1 person, sitting

मंसिर ६, ७ र ८ गते तीनदिनसम्म भएको सो प्रदेश अभ्यासवर्ग काठमाडास्थित गौरिघाटमा आयोजना गरिएको थियो ।

Image may contain: 4 people, people sitting and people standing

प्रदेश अभ्यास वर्गमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष रामजी गौतम राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय सचिव छितराज न्यौपाने र छात्रा प्रमुख भगवती श्रेष्ठ लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Image may contain: 1 person, child and indoor

उपस्थित पदाधिकारीहरुले सैद्धान्तिक भूमिका, कार्यपद्धति, क्याम्पस इकाई एवं रंचनात्मक कार्यक्रम र विभिन्न व्यवहारिक विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।

Image may contain: 9 people, people sitting

प्रदेश नम्बर ३ अन्तर्गत सबै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको प्रदेश अभ्यासवर्गको अन्तिम दिन फुल प्रसाद सुवेदीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश टोलिका घोषणा गरिएको छ ।

Image may contain: one or more people

Image may contain: one or more people

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here