पाकिस्तान / पाकिस्तानको भ्रमणमा रहेको नेपाली मिडिया प्रतिनिधिमण्डल यहाँस्थित विभिन्न निकायसँग भेटघाटमा जुटेको छ ।
प्रतिनिधिमण्डलले दि ईन्स्टिच्यूट अफ स्ट्राटेजिक स्टडिजका पदाधिकारीहरुसँगै स्टडिजकै कार्यकक्षमा र एशोसियट प्रेस अफ पाकिस्तानको प्रतिनिधि मण्डलबीच ईश्लामावादस्थित एपीपीको सभाहलमा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा दुबै पक्षबाट नेपाल र पाकिस्तानबीच आपसी हितका विषयमा छलफल भएको छ । भेटमा सार्क क्षेत्रका देशहरुको आपसी सम्बन्धका बारेमा पनि छलफल भएको थियो ।
सात दिने भ्रमणमा रहेको १० सदस्यीय नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलले पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्सालसंग पनि भेटवार्ता गरेको छ ।
पाकिस्तानस्थित नेपाली दुतावासमा भएको भेटमा नेपाल र पाकिस्तानबीच व्यापार सम्बन्ध लगायत अन्य विविध बिषयहरुमा केन्द्रित रही छलफल भएको थियो ।

















