भोलिदेखि जोरबिजोर सवारी प्रणाली लागू

218

काठमाडौं । काठमाडौंमा उपत्यकामा चार दिन जोरबिजोर सवारी प्रणाली लागू हुने भएको छ । एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र तथा सरकार प्रमुख तथा उपप्रमुख आउन लागेका हुन् ।

आउने व्यक्तिको आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । मंसिर १४ देखि १७ गतेसम्म हुने सो समिटमा १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् ।

यद्यपि, अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ।

एसिया प्यासिफिक समिट काठमाडौंको ह्यात रिजेन्सीमा हुन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here