चिनियाँ पर्यटक आकर्षित गर्न भाषा प्रशिक्षण

287

काठमाडौ / नेपालमा चिनियाँ पर्यटकहरूको आकर्षण बढाउन पर्यटनसँग सम्बन्धीत व्यक्तिहरूलाई चिनिया भाषा प्रशिक्षण दिन थालिएको छ ।

मंगलबार पर्यटन क्षेत्रसँग जोडिएका ४० जनालाई चिनियाँ भाषा प्रशिक्षणको प्रमाणपत्र दिइएको छ । नेपाल–चाइना कल्चरल एण्ड एजुकेशन काउन्सिलले नेपालीस्थित चिनियाँ दुतावासको सहकार्यमा सञ्चालन गरेको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई नेपालका लागि चिनियाँ राजदुत यू होङले प्रमाणपत्र दिएकी थिइन ।

०७२ बैशाखमा गएको विनाशकारी भूकम्प पछि नेपालमा चिनियाँ पर्यटकको आकर्षण बढाउन चिनियाँ सहयोगमा भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कार्यकालमा चीन भ्रमणका बेला पर्यटनसँग सम्बन्धीत दुईसय जनालाई चिनियाँ भाषा प्रशिक्षण दिने सहमति अनुसार यस्तो तालिम दिइएको हो । हालसम्म एक सय २० जनालाई यस्तो प्रशिक्षण दिइसकिएको छ । ६ महिने प्रशिक्षण कार्यक्रम अन्तर्गत हाल तेस्रो चरणको प्रशिक्षण सम्पन्न भइसकेको काउन्सिलका अध्यक्ष डा. हरिशचन्द्र साहले जानकारी दिए ।

अझै दुई चरणको प्रशिक्षण अन्तर्गत ८० जनालाई भाषा प्रशिक्षण दिइने साहको भनाई छ । नेपालमा चिनियाँ भाषा जानेका मानिसहरूको अभाव हुँदा चिनियाँ पर्यटकहरू नेपालमा कम आएको भन्दै साहले यो प्रशिक्षणले चिनियाँ पर्यटकको आकर्षण बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here