प्रधानमन्त्री ओलीलाई १ करोड १३ लाख रुपैयाँको पुरस्कार

122

काठमाडौं / युनिभर्सल पिस फेडरेशन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर ९करिव १ करोड १३ लाख रुपैयाँ० राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ ।

राजधानीमा आयोजित एशिया प्यासिफिक शिखर सम्मेलनको समापन अबसरमा आइतबार संस्थाकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त स्वर्ण अवार्ड र सम्मानपत्र हस्तान्तरण गरिन् ।

प्रधानमन्त्री ओलीले पुरस्कार पाएपछि मन्तब्य दिँदै उक्त रकम बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्ने बताए । ‘मैले ब्यक्तिगत रुपमा यो पुरस्कार पाएको हैन,’ उनले भने,‘ राज्यले पाएकाले त्यसको रकमबाट बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गर्ने छु । ’

प्रधानमन्त्री ओलीले शुसाशनबिना विकास सम्भव नहुने जनाउँदै आफू शुसासन स्थापनामा प्रतिबद्ध रहेको जनाए ।

युपिएफले सुशासन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विश्वका नेताहरु मध्येबाट उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here