ललितविस्तर शोधग्रन्थ विमोचन

122

काठमाडौं। लेखक नरेशवीर शाक्यको ११ औँ कृति ‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयम्भूमा विमोचन भएको छ ।

बुद्धको जीवनी रहेको यस ऐतिहासिक ग्रन्थ ‘ललितविस्तर’को शोध ग्रन्थको विमोचन विहार प्रमुख धम्ममूर्ति महास्थविर, भिक्षु पञ्ञामूर्ति, भिक्षु प्रियदस्सी, लोट्स रिसर्च सेन्टरका अध्यक्ष प्रा.डा. सुरेन्द्रमान बज्राचार्य, ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्य, पुस्तकका दाता पद्यादेवी शाक्य र लेखक नरेशवीर शाक्यले संयुक्तरुपमा गर्नुभएको हो ।

लेखक नरेशवीर शाक्यले बुद्ध धर्मको स्नातकोत्तर अध्ययनको क्रममा ‘ललितविस्तर एक तुलनात्मक अध्ययन’ विषय तयार पार्नु भएको शोध ग्रन्थलाई नै पुस्तकको रूपमा प्रकाशित गरिएको हो ।

पुस्तक विषय मन्तव्य राख्नु हुँदै नरेशवीर शाक्यले बौद्ध ग्रन्थहरू भारतको नालन्दा विश्वविद्यालयमा आगो लगाई सकेपछि नेपालमा मात्र सुरक्षित रहेको उल्लेख गर्नुहुँदै यस ग्रन्थको ऐतिहासिक महत्त्व रहेको बताउनुभयो ।

सभापति धम्ममूर्ति महास्थविरले बुद्ध धर्मसम्बन्धी हरेक पुस्तकले दिइरहेको ज्ञानलाई व्यवहारिकरुपमा प्रयोगमा ल्याउनुपर्ने कुरा उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here