नेपाली फिल्ममा सन्नीको नृत्य, ३ करोडमा नृत्य गर्न तयार

302

बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले नेपाली फिल्मको गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी छन् ।सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म ुपासवर्डु को आइटम गीतमा उनले कम्मर मर्काएकी छन् ।

फिल्ममा समावेश हुने ’सन्नि हो नाम मेरो….’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

सन्निले दुई करोड भारतिय रुपियाँ (नेपाली ३ करोड १७ लाखमाथि) मा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिम सहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए ।

फिल्मका निर्देशक सम्राट बस्नेतले ’पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको जनाए । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

नेपाली गीतमा यसरी नाच्दै छिन् बलिउडकी सन्नी लियोन 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here