सिर्जनात्मक कला गोष्ठी–२०७५ सम्पन्न

110

– विजय खत्री
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा, ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्साल,  काठमाडौंमा सिर्जनात्मक  कला     गोष्ठी २०७५ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा तीन वटा छुट्टा छुट्टै कला विधाका कार्यपत्रहरु प्रस्तुत गरियो । जसमा फरक विधाका तीन जना विज्ञहरुलाई आ–आफ्नो विधागत कार्यपत्र प्रस्तुति र टिप्पणी सत्रमा अध्यक्ष बनाइयोे । जसमा कार्टुन विधामा प्रा.डा. रामकुमार पाँडे, Performance art विधामा प्राज्ञ रमेशनाथ खनाल र Installation art तर्फ सुजन चित्रकारले अध्यक्षता गर्नु भयो ।

कार्यक्रममा प्रथम कार्यपत्र कार्टुनिष्ट क्लव अफ नेपालका अध्यक्ष अविन श्रेष्ठले नेपाली कार्टुनकलाको वर्तमान अवस्था र चुनौति विषयमा प्रस्तुत गर्नु भएको थियो भने त्यस कार्यपत्र माथि योगेस खपांगीले टिप्पणी गर्नु भयो साथै सहभागी कलाकारहरुले आफ्नो सुुझाव तथा जिज्ञासाहरु राख्नु भयो । जसले गर्दा सहभागी कलाकारहरुले कार्टुनकला र कार्टुनकलाको वर्तमान अवस्था बारे स्पस्ट भएकोमा जनाए ।

त्यस्तै, कार्यक्रमको दोश्रो सत्रमा सौरगंगा दर्शनधारीले Performance art in Nepal भन्ने शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने कार्यपत्र माथि टिप्पणी सरोज बज्राचार्यले गर्नु भयो । दर्शनधारी लामो समयदेखि देशका विभिन्न ठाउ्रँहरु काम गर्दै आउनु भएको छ । कार्यपत्रमा Installation art को बारेमा स्पस्ट पारिएको थियो ।

कार्यक्रमको तेस्रो कार्यपत्र कलाकार मनिषलाल श्रेष्ठले Installation art in Nepalभन्ने शिर्षकमा प्रस्तुत गर्नु भयो भने कार्यपत्र माथि टिप्पणी मुकेश मल्लले गर्नु भयो । उहाँले विभिन्न ठाउँमा भएका Inatallation art का चित्रहरु प्रोजेक्टर मार्फत देखाउनु भएको थियो । जसले गर्दा सहभागीहरुलाई Installation art को बारेमा बुझ्न सजिलो भएको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले करिब ६० जना सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्दै विधागत् कार्यक्रमका अध्यक्ष, विभागीय प्रमुख, कार्यपत्र प्रस्तोता, टिप्पणीकार, सहभागी कलाकार र कर्मचारीलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here